+
+

शिक्षा विधेयक संशोधन मार्फत सर्वस्वीकार्य बनाउने कांग्रेसको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १७:३०

५ असोज, काठमाडौं । नेपाली कांग्रेसले संसदमा दर्ता भएको विधेयकलाई सर्वस्वीकार्य हुने संशोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

शिक्षा विधेयक विरुद्ध शिक्षक महासंघले गरेको तेस्रो दिनको आन्दोलन चलिरहँदा कांग्रेसले केन्द्रीय समितिको निर्णयबाट सरोकारवालालाई परिमार्जन गर्ने आश्वस्त पारेको छ । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतमा संविधानको मर्मलाई आत्मसात् गर्न नसकेको कांग्रेसको ठहर छ ।

पार्टी बैठककै विचमा शिक्षक महासंघको आन्दोलनप्रति चासो देखाउँदै कांग्रेसले केन्द्रीय समितिको बैठक सकिनुअघि नै उक्त विषयमा निर्णय सार्वजनिक गरेको छ ।

बैठकको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षक र कर्मचारीहरुको जायज र उपयुक्त मागलाई सम्बोधन गर्न विधेयकले नसकेको बताए । ‘यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन संशोधन गर्नुपर्ने विषयहरु धेरै छन् ।’ महामन्त्री शर्माले भने,‘संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्व स्वीकार्य बनाउने प्रतिबद्धता जाहेर गर्दछौं ।’

हिजोदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यले शिक्षकहरुको आन्दोलनका सम्बोधनमा धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?