
५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबारे कडा टिप्पणी गरेका छन् । सरकारले जे लग्यो, त्यही स्वीकार गर्ने गरेको उनले बताए ।
पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले अपराधीलाई आममाफी दिएर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरिरहेको बताए ।
प्राध्यापकको ढाड भाँच्नेको समेत मुद्दा फिर्ता लिइरहेको भन्दै उनले भने, ‘राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुशीका साथ स्वीकार्नुहुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4