
५ असोज, काठमाडौं । सरकारले सुुन तस्करीबारे छानबिन गर्न गठन गरिने उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे प्रमुख दलहरुबीच विवाद देखिएको छ ।
६ भदौमा राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच ५ असोजबाट काम सुरु गर्ने गरी आयोग गठन गर्ने सहमति भएको थियो । तर अहिलेसम्म आयोग बनेको छैन । आयोग गठन गरिसक्नुपर्ने दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख दलहरुसँग छलफल गरेका छन् ।
गृह मन्त्रालयमा भएको छलफलमा उनले जाँचबुझ आयोगको कार्यादेश प्रस्ताव गरेको नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भन्छन्, ‘भादौ ६ गतेका दिनमा जे सहमति भएको थियो, त्यही टीओआरमा राखौं भनेर प्रस्ताव राखेका छौं ।’
एमाले नेताहरुले भने त्यसमा सहमति जनाएका छैनन् । एमाले सचेतक महेश बर्तौलाअनुसार एमालेले छुट्टै प्रस्ताव राखेको छ ।
‘हामी सुन तस्करीको जरासम्म पुग्न चाहन्छौं । संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन चाहन्छौं’ एमालेले सरकारकै मन्त्रीहरुमाथि प्रश्न उठाएको भन्दै उनले भने, ‘सबैको सरल ढंगले जाँचबुझ हुन सक्ने गरी कार्यदेश बनाउनुपर्छ भक्न्ने हाम्रो कुरा थियो । यसमा अलिकति सरकारको पक्षको जे अपेक्षा थरको थियौं, त्यसअनुसार नभएको आभाष भएको छ ।’
यद्यपि छलफल जारी रहेकाले आजै सहमति जुट्नसक्ने उनले बताए ।
प्रतिक्रिया 4