+
+

जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउँदै ललितपुर महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १९:३८

५ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउने भएको छ । ललितपुर महानगरपालिका-४ मा रहेको जावालाखेलस्थित चिडियाघरको उत्तरपश्चिम तर्फको भागमा शौचालय निर्माण गरिने महानगरले जनाएको छ ।

सो क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि शुक्रबार एरोसान सस्टेनेबल स्यानिटेसन प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरप्रमुख चिरिबाबु महर्जन र एरोसानका अध्यक्ष प्रत्युषचन्द्र अमात्यले हस्ताक्षर गरे ।

समझदारी अनुसार महानगरपालिकाले जग्गा व्यवस्थापन गर्नेछ भने एरोसानले २ महिना भित्र निर्माण गर्ने छ । कउक्त स्मार्ट शौचालय एरोसानले १० वर्ष सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्ने समझदारी भएको छ ।

समझदारीपत्रमा हस्ताक्षरपछि नगर प्रमुख महर्जनले यसअघि एरोसानले निर्माण गरेको शौचालयको प्रशंसा गरे ।

एरोसानले मंगलबजार र पाटनढोकामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिसकेको छ ।
मेयर महर्जनले भने, ‘एरोसानले निर्माण गरेको शौचालय राम्रो छ, उहाँले नै सञ्चालन गर्ने भएकाले सरसफाइमा विशेष ध्यान दिने गरेको छ ।’

एरोसानका कार्यक्रम प्रमुख सोनी अमात्यले ललितपुर महानगरपालिकाकै कारण एरोसानले सार्वजनिक शौचालय निर्माणमा ख्याति कमाएको स्मरण गरिन् । उनले भनिन्, ‘मेयर महर्जनले हामीलाई विश्वास गरेर यो जिम्मेवारी दिनुभयो, उहाँलाई धन्यवाद छ ।’

बनिसकेको र अब बन्ने शौचालयको सरसफाइ र व्यवस्थापनलाई चुस्त राख्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् ।

एरोसानले काठमाडौंमा ६ वटा, ललितपुरमा २ वटा शौचालय निर्माण गरिसकेको छ । पोखरा र भरतपुर नगरपालिकामा पनि एरोसानले शौचालय निर्माणको योजना बनाएर अघि बढेको छ ।
वडैपिच्छे शौचालय बनाउँदै महानगर

ललितपुर महानगरले प्रत्येक वडामा स्नान कक्षसहित शौचालय निर्माण गर्ने भएको छ ।
महानगरको २९ वटा वडामध्ये हाल ८ वटा वडामा शौचालय निर्माणका लागि टेण्डर भइसकेको छ । यी शौचालयको स्वरुप एकै खालको हुनेछ ।

नगर प्रमुख महर्जनले भने, ‘टाढैबाट शौचालय हो भनेर चिनिने होस् भनेर एउटै डिजाइन दिएका छौं । यी शौचालय अपाङगता मैत्री हुनेछन् ।’

भारत तथा बंगलादेशका सार्वजनिक शौचालयका बारेमा स्थलगत अवलोकनका लागि महानगर टिम केही महिना अघि त्यसफर्त गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?