+
+

३५ उपसचिव र ४० अधिकृतको सरुवा, को कहाँ पुगे ?

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० असोज ५ गते २२:३१

५ असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ जना उपसचिवको सरुवा गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकाका हिराकाजी श्रेष्ठलाई सिरहाको सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ ।

कमलबहादुर कार्कीलाई जिल्ला समन्वय समिति धनुषाबाट ईश्वरपुर नगरपालिका सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ । सिरहाकै सखीपुर नगरपालिकाका प्रमुश प्रशासकीय अधिकृत सत्य नारायण साहलाई रामगोपालपुर नगरपालिका महोत्तरीमा पठाइएको छ ।

भूमिकास्थान नगरपालिका महोत्तरीबाट बाबुराम पौडेललाई कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा गरिएको छ । रामगोपालपुर नगरपालिकाका विनोदकुमार मण्डल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

लमजुङको बेशीशहर नगरपालिकाका गोकर्णराज सुयल गृह मन्त्रालयमा आएका छन् । सिरहा नगरपालिका रिाहबाट दिलपीकुमार यादवलाई हरिपूर्वा नगरपालिका सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ । रामविनय कुमार (सिंह)लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बेंसिशहर नगरपालिकाका गोकर्णराज सुयलको गृह मन्त्रालयमा सरुवा भएको छ ।

यसैगरी जिल्ला समन्वय समिति (जिसस) डोटीबाट भुवनेश्वर लामिछाने जिल्ला समन्वय अधिकारीकै रुपमा रामेछाप सरुवा भएका छन् । जिसस रोल्पाबाट ऋषिराम केसी दाङको घोराही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । कोशीको मुख्यमन्त्रीको कार्यालयका उपसचिव केशवप्रसाद अर्याललाई मोरङको जिल्ला समन्वय अधिकारी बनाइएको छ ।

नुवाकाटेको विदुर नगरपालिकाबाट विनोदकुमार खनालको सरुवा मुख्यमन्त्रीको कार्यालय लुम्बिनीमा भएको छ । ऋद्धिप्रकाश सिटौलाले नुवाकाटेको विदुर नगरपालिकामा जिम्मेवारी पाएका छन् । लुम्बनाथ पोखरेललाई सिन्धुलीको जिल्ला समन्वय अधिकारीको जिम्मेवारी दिइएको छ ।

उर्मिला काफ्लेलाई संघीय मामिला मन्त्रालयको अतिरिक्तमा तानिएको छ । सरताकुमारी खतिवडालाई सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका, भक्तिकुमारी मरासिनीलाई बाँणगंगा नगरपालिका कबिलवस्तु र चतनाथ गिरीलाई सुनवल नगरपालिका नवलपरासीमा पठाइएको छ । यमकान्त पाण्डेलाई मुख्यमन्त्रीको कार्यालय लुम्बिनी, मुकुन्द शर्मालाई देवचुली नगरपालिका पूर्वी नवलपरासी, विष्ण्ुाप्रसाद भुसाललाई बुटवल उपमहानगरपालिका, टेककुमार रेग्मीलाई मेचीनगर नगरपालिका झापा, महेश पराजुलीलाई संघीय मामिलाको अतिरिक्त समूह र वेदराज फुयलललाई जितपुर सिमरा नगरपालिका बारामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ ।

मन्त्रालय स्रोतका अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयबाट रमा भट्टराई निरौला युवा तथा खेलकुद मन्त्रालयमा पुगेकी छिन् । गृह मन्त्रालयका वेदनिधि अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव अनिल थापाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।

कर्णालीको सामाजिक विकास मन्त्रालयका उपसचिव लालबहादुर गुरुङ गृह मन्त्रालय अन्तरगत सरुवा भएर आएका छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका मदन घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको छ ।

इन्द्रकुमारी थपलिया खानेपानी मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, रमेश पाण्डे गृह मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेका छन् । सोमराज बराल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लेखनाथ ज्ञवाली उद्योगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्वप्रसाद सापकोटा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालय, प्रल्हादकुमार कार्की संघीय मामिला मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय र जीवनराज सेढाइँ शहरी विकास मन्त्रालयबाट राष्ट्रिय महिला आयोगमा पुगेका छन् ।

शम्भु ठाकुरलाई गौशाला नगरपालिका महोत्तरीको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।

४० अधिकृत पनि सरूवा

मन्त्रालयले विभिन्न निकाय र स्थानीय तहहरुबाट शाखा अधिकृतहरुको पनि सरुवा गरेको छ । कृष्णानन्द सिंहलाई अर्नमा गाउँपालिका सिरहाबाट राष्ट्रिय योजना आयोगमा ल्याइएको छ । द्रोपतीकुमार यादवलाई जिल्ला समन्वय समिति सिरहाबाट अर्नमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । उमेश महतोलाई बलरा नगरपालिका सर्लाहीबाट पकाह मैनापुर गाउँपालिका पर्सामा सरुवा गरिएको छ ।

माइजोगमाई गाउँपालिकामा हाजिर गर्न नपाएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल जिल्ला समन्वय समिति पाँचथर पुगेका छन् । कुमार बस्नेतलाई माईजोगमाई गाउँपालिका इलाममा लगिएको छ भने रेवतबहादुर बुढाथोकीलाई रुकुमपूर्वको सिस्ने गाउँपालिकामा पठाइएको छ ।

टेक बहादुर बुढथापा काभ्रको बेथानचोक गाउँपालिका, बेथानचोकका खेमराज छिनाल नुवकोटको तादी गाउँपालिका, राजेन्द्र कार्की मकवानपुर गढी गाउँपालिका, महेश राईलाई खोटाङको खोटेहाङ गाउँपालिका र मधुकरकुमार साहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

हुमलाल भुसाललाई सुस्ता गाउँपाकिला नवलपरासी, बुद्धप्रकाश पौडेललाई मुख्यमन्त्रीको कार्यालय गण्डकी, नागेनद्र यादवलाई लक्ष्मिनिया गाउँपालिका धनुषा, रामउदागर अधिकमारीलाई मुख्यमन्त्रीको कार्यालय मधेश र कृष्णप्रसाद ज्ञवालीलाई इश्मा गाउँपालिका गुल्मीमा सरुवा गरिएको छ ।

तुल बहादुर काउचा र दिनेश केएमको गृह मन्त्रालयमा सरुवा भएको छ । प्रकाश पौडेलको गृह मन्त्रालय, मनिषा भट्टराईको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, विष्णु साहनीको राष्ट्रिय सतर्कता केन्द्र, मित्रलाल भट्टराईको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बोधनाथ पौडेलको स्वास्थ्य मन्त्रालय, गणेश प्रसाद कोइरालाको जिल्ला समन्वय समितिको कार्यालय दैलेखमा सरुवा भएको छ ।

राजन पाण्डेको स्वास्थ्य मन्त्रालय, वरदान सेजुवालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राजेन्द्र कुमार कार्कीको भूमि व्यवस्था, सहकारी मन्त्रालय, माधव प्रसाद पोखरेलको गृह मन्त्रालय र विमला क्षेत्रीको राष्ट्रिय सतर्कता केन्द्रमा जिम्मेवारी तोकिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयमा विना नेमकुल श्रेष्ठ, सहरी विकास मन्त्रालयमा भक्तबहादुर खड्का, जिल्ला समन्वय समितिको कार्यालय कास्कीमा सरोज आचार्र्य, जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरमा हरिप्रसाद अधिकारी, वन तथा वातावरण मन्त्रालयमा कृषि तथा रुविना शाह, जिल्ला समन्वय समिति मोरङमा सुवास राई,  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गणेशप्रसाद आचार्य र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रञ्जिता झालाई सरुवा गरिएको छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?