
मेरो पीर गर्ने मान्छे तिमी
म दुख्दा साथमै हुनु पर्थ्यो
टाढाबाट फुकेर तिमीले
मेरो घाउ कसरी जाती हुन्थ्यो
यो चारभित्ते जो कोठा छ
मलाई छेकेको छ या थुनेको
यो चार खुट्टे जो शय्या छ
मलाई बाँधेको छ कि राखेको
म आँखा मिच्दै उठ्ने बेलामा
तिमी आँखा मिच्दै सुत्ने बेला हुन्छ
परिस्थितिले तोकेको समयमा
म के बोलूँ ,के कहूँ , छोटो हुन्छ
गोलो छ भन्छन् यो पृथ्वी
सकिएन कर्मको रेखा मेट्न
भाँच्चिएकै स्यान्डल लाएरै पनि
बतासिँदै आउँथ्यौ म भेट्न
मेरो ख्याल राख्ने प्रियसी तिमी
म ढल्दा छेउमै हुनु पर्थ्यो
टेलिफोनबाट रोएर तिमीले
मेरो जलन कसरी शीतल हुन्थ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4