+

क्रिकेट संघको मतगणना : सचिवमा पारस र प्रशान्तविक्रमको कडा प्रतिस्पर्धा

२०८० असोज  ६ गते १६:२२ २०८० असोज ६ गते १६:२२
क्रिकेट संघको मतगणना : सचिवमा पारस र प्रशान्तविक्रमको कडा प्रतिस्पर्धा

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना भइरहेको छ ।

पदाधिकारीमध्ये अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्वारोध भएका छन् । सचिवमा भने पूर्व कप्तान पारस खड्का र प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा भएको थियो ।

प्रारम्भिक मत गणनामा दुई जनाबीच कडा प्रतिस्पर्धा देखिएको छ । २५ मत गणना हुँदा खड्काले १३ मत पाएका छन् भने मल्लले १२ मत पाएका छन् ।

पारस खड्का प्रशान्तबिक्रम मल्ल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय