
काठमाडौं । भेटायो एपले चाडपर्वलाई लक्षित गरी ‘उत्सवको तयारी भेटायोको जिम्मेवारी’ योजना सार्वजनिक गरेको छ । यो अभियान ७ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म चल्नेछ ।
यस अभियानको मुख्य नारा हाम्रा प्रयोगकर्ताहरूलाई चाडपर्वमा रमाइलो मात्र नभई बजेटमैत्री पनि बनाउनु हो ।
अभियान अन्तर्गत माइडिया, मित्सुविसी, सामसुङ, डाइकिन ब्राण्डका एसी खरिदमा ३० हजार रुपैयाँसम्मको विशेष छुट प्राप्त गर्नेछन् ।
यसैगरी १ हजार १०० रुपैयाँमा सीसीटीभी क्यामेरा जडान गर्न सकिने छ भने प्रतिकेजी १०० रुपैयाँमा लुगा धुन सकिने छ ।
यसैगरी नगद फिर्ता अफर अनुसार भेटायो र खल्तीले ग्राहकहरूलाई बचतको सबैभन्दा ठूलो आनन्द प्रदान गर्न सहकार्य गरिरहेका छन् । जसअनुसार ग्राहकहरूले सबै सामान खरिदमा ५ प्रतिशतसम्म क्यासब्याकको फाइदा लिन सक्नेछन् ।
भेटायो महा दक्षिणा अफर अनुसार भेटायो मार्फत कुनै पनि सेवा अर्डर गर्दौ कम्पनीबाट प्रत्येक अर्डरमा ५०० रुपैयाँसम्मको डिजिटल दक्षिणा फिर्ता प्राप्त गर्न सकिनेछ ।
यसैगरी सुन जित्ने मौका अनुसार थप सेवा अर्डर गर्दा १ तोला सुन जित्ने मौका पाउनेछन् ।
भेटायोको सामाजिक सञ्जाल प्रतियोगितामा भाग लिएर ५ हजार रुपैयाँ बराबरको पुरस्कार जित्ने मौका रहेको छ ।
प्रतिक्रिया 4