+
+

कांग्रेसका ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १४:३८

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी आएको जानकारी गराएका हुन् । ्

समितिले अनुशासन उल्लंघनको उजुरी गर्दा अडियो, भिडियो र लिखित प्रमाण खोज्ने गरेको बताए । समितिले पारदर्शी तरिकाले काम गरिरहेको उनले दाबी गरे ।

अनुशासन समितिले हाल महासमिति सदस्य चयन हुन नसकेका २५ जिल्लाका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन गरिरहेको पनि संयोजक ढुंगानाले बताए । उजुरीकर्ता र आरोपीलाई बोलाएर मिलाउने तथा स्पष्टीकरण लिने कार्य भइरहेको उनले सुनाए ।

अनुशासनसम्बन्धी पार्टीको विधान पनि अस्पष्ट भएकाले संशोधन गर्नुपर्ने ढुंगानाले बताए । पार्टीको जिल्ला, प्रदेश र केन्द्रमा अनुशासन समिति रहने व्यवस्था विधानमा छ । तर जिल्लाको अनुशासन समितिले अनुशासन उल्लंघन गर्नेलाई कति समय निलम्बन गर्न सक्छ भन्ने व्यवस्था विधानमा उल्लेख नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?