+
+

कोशीमा स्थिरता खोज्ने हो भने राप्रपासहितको समीकरण बनाउनुपर्छ : भीम पराजुली

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १५:१९

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा राप्रपासँग नमिल्दा कोशीमा अस्थिरता आएको बताएका हुन् । ‘कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ता गरेर नयाँ समीकरण निर्माण गर्नुपर्दछ’ उनले भने ।

कोशीमा तत्कालिन मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिको मतको सहयोगमा विश्वासको मत लिएका थिए । तर सर्वोच्च अदालतले असंवैधानिक भन्दै उनको नियुक्ति बदर गरिदिएको थियो । त्यसपछि हाल एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् ।

९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग ४७ सांंसद मात्र छन् । तर प्रदेशसभाको अध्यक्षता सत्तारुढ दलकै सांसदले गर्दा बहुमत पुग्न कठिन छ । प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । पराजुलीले उनीहरुको समेत साथ लिनुपर्ने धारणा राखेका हुन् ।

गत साउनको केन्द्रीय समिति बैठकमा नै आफूले राप्रपासँग तालमेल नगरी अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिन्छ भनेको भन्दै उनले भने, ‘आज के भइरहेको छ । हामी सबैलाई थाहा छ ।’

पार्टी सरकारमा हुँदा कांग्रेसकै नेतामाथि खुकुरी प्रहार भएको भन्दै पराजुलीले कांग्रेसबाट मन्त्री हुनेहरु के हेरेर बसेका छन् भन्ने प्रश्न गरे ।

पार्टीको अघिल्लो केन्द्रीय समिति बैठकमा आफूले वैदिक सनातन हिन्दुराष्ट्रको कुरा उठाउँदा सहमहामन्त्री फरमुल्लाह मन्सुरले लिङ्देनका भाइहरु भनेको भन्दै पराजुलीले उक्त भनाइ फिर्ता लिन मन्सुरलाई आग्रह गरे । ‘आज म उहाँलाई नेपाली बैदिक सनातन धर्मको इतिहास र किसुनजीको आदर्श सम्झेर उक्त भनाइ फिर्ता लिन आग्रह गर्दछु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?