+
+

ईःलाई नगर प्रहरीले हकार्दै भने– मेयर सा’बले खोज्नुभएको छ, भित्र आउनुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १२:३१

८ असोज, काठमाडौं । मेयर बालेन शाहलाई चुनावी बाचा सम्झाउन सात दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिरहेका अभियन्ता ईः सँग काठमाडौं महानगरपालिकाले सम्वाद गरेको छैन । निरन्तर उभिइरहँदा ईः को खुट्टा निकै सुन्निएको छ ।

सोमबार पनि ईः उभिरहेका थिए । काठमाडौं महानगरका एक नगर प्रहरी नजिक आएर भने, ‘मेयरसाबले खोज्नु भएको छ, भित्र आउनुपर्‍यो ।’

ईः आश्चर्यमा परे । यदि महानगरले सम्वाद गर्न चाहेको भए पूर्व सूचना दिएर वार्तामा बोलाउन सक्थ्यो । वार्तामा बस्न अभियन्ताहरु तयार पनि छन् । उनले त्यही भने, ‘वार्ता गर्ने भए कम्तिमा एक÷आधा घन्टा दिनुपर्छ । हाम्रो पक्षबाट कानुनी जानकार, सहरी विकासका जानकार साथीहरु आउनुपर्छ ।’

नगर प्रहरीले जवाफ फर्काए, ‘अहिले भेट्ने भए भेट्नुप¥यो, नभए भेट्दैन ।’

अभियन्ता ईः महानगरले वार्ता गर्न चाहेको भए आफूहरु तयार रहेको बताए । तर महानगरको नेतृत्व वार्ता गर्ने भन्दा पनि वार्तामा बोलाएकै हो, आएन भनेर प्रचार मात्र गर्न खोजेको उनले बताए ।

भन्छन्, ‘हकारेर बोलाउने, नआएर पछि भेट हुँदैन भनेर थर्काउने भनेको सनक प्रवृत्तिकै निरन्तरता देखियो ।’

मेयर बालेनले भने अभियन्ताहरु उभिरहेको ठाउँमा आफैं गएर वार्ता गरौं भन्दा पनि नआएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?