+

पौडीमा अनुसिया तण्डुकार हिटबाटै बाहिर

२०८० असोज  ९ गते १०:१५ २०८० असोज ९ गते १०:१५
पौडीमा अनुसिया तण्डुकार हिटबाटै बाहिर

९ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत मंगलबार भएको पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिएकी छन् ।

हाङझाउ स्पोर्ट्स सेन्टरस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा तण्डुकार आफ्नो हिटमा तेस्रो भएकी थिइन् । हिट १ मा प्रतिस्पर्धा गरेकी अनुसियाले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेण्डमा पूरा गरे पनि अगाडि बढ्न सकिनन् ।

यस स्पर्धामा कुल ३० खेलाडीले प्रतिस्पर्धा गरेकोमा अनुसिया २५औं स्थानमा रहिन् ।

अनुसिया तण्डुकार एसियाली खेलकुद पौडी १९औं एसियन गेम्स १९औं एसियाड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय