+
+

वालिङमा १२ करोड लगानीमा बसपार्क बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १४:१०

९ असोज, काठमाडौं । स्याङ्जा वालिङ नगरपालिकाले १२ करोड लगानीमा बसपार्क बनाउने भएको छ ।

नगर विकास कोषको ऋण लगानीमा बसपार्क आयोजना निर्माणका लागि ऋण तथा सोमबार नगरपालिकासँग सम्झौता भएको हो ।

कोषको शहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत वालिङ नगरपालिकामा व्यवस्थित बसपार्क निर्माणका ८ असोजमा वालिङ नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

कोषका कार्यकारी निर्देशक सापकोटा र वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणबीच बसपार्क आयोजना निर्माणका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

आयोजनाको कुल अनुमानित लागत १२ करोड २७ लाख ५७ हजार रहेको छ । कुल लागतको ५५ प्रतिशतले हुन आउने रकम ६ करोड ७५ लाख ७५ १६ हजार ३५० ऋण र १० प्रतिशतले हुन आउने रकम १ करोड २२ लाख ७५ हजार ७०० रुपैयाँ नगर विकास कोषले दिने छ ।

३५ प्रतिशत बराबरले हुन आउने रकम ४ करोड २९ लाख ६४ हजार ९५० रुपैयाँ रकम नगरपालिकाबाट बेहोर्ने छ ।

वालिङ नगरपालिकाको वडा–८ मा करिब ३० रोपनी क्षेत्रफलमा बसपार्क निर्माण हुने सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?