+

विश्वकप क्रिकेटका लागि श्रीलंकाली टिम घोषणा

२०८० असोज  ९ गते १९:०२ २०८० असोज ९ गते १९:०२
विश्वकप क्रिकेटका लागि श्रीलंकाली टिम घोषणा

९ असोज, काठमाडौं । अक्टुबर ५ देखि भरातमा हुन लागेको एक दिवसीय विश्वकप क्रिकेटका लागि श्रीलंकाले टिम घोषणा गरेको छ । श्रीलंकाले दासुन शनाकाको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।

यस पटक टिममा लेगस्पिनर वानिन्दु हसरंगा चोटका कारण टिमबाट बाहिर छन् भने चमिका करुणारत्नेले टिममा पुनरागमन गरेका छन् । उनी वैकल्पिक खेलाडीका रुपमा टिमसँग हुनेछन् ।

अनुभवी अलराउन्डर दासुन शनाका कप्तान छन् भने कुशल मेन्डिस उपकप्तानका रुपमा रहेका छन् ।

टिममा एसिया कपमा भारतविरुद्ध सुपर फोरको खेलमा ५ विकेट लिएका युवा अर्थोडक्स डुनिथ वेल्लालेज पनि समावेश छन् ।

श्रीलंकाले ७ अक्टुबरमा दक्षिण अफ्रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ । विश्वकपमा सहभागी १० टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन् ।

श्रीलंकाली टिम

दासुन शनाका(कप्तान), कुसल मेन्डिस(उपकप्तान), कुसल परेरा, पथुम निसाङका, सदीरा समरविक्रमा, दिमुथ करुणारत्ने, चैरिथ असलंका धनन्जय डी सिल्वा, दुशान हेमन्था, महिश थीक्षाना, डुनिथ वेल्लालेज, कासुन राजिथा, मथिशा पथिराना, लाहिरु कुमारा र दिलशान मदुशंका ।

वैकल्पिक खेलाडीः चमिका करुणारत्ने

विश्वकप क्रिकेट श्रीलंका क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय