+
+

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरी बीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १९:०४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)सँग सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका सेयरधनी, कर्मचारी र ग्राहकलाई विभिन्न किसिमका सामान खरिदमा छुट प्राप्त हुने बैंकले जनाएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका सेयरधनी, कर्मचारी र ग्राहकलाई सेल्सबेरीले ग्रोसेरिजमा २ प्रतिशत, लिक्वायरमा २ देखि १० प्रतिशत, फ्रोजन फुडमा ३ देखि ५ प्रतिशत, डेरी एण्ड फ्रेस प्रोडक्ट्समा २ प्रतिशत, पर्सलन केयरमा ३ प्रतिशत, हाउहोल्ड आइटममा ५ प्रतिशतदेखि १२ प्रतिशत र गार्मेन्ट्समा २० देखि २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?