
काठमाडौ । घरेलु हिंसाको विषयवस्तु उठाएको पारिवारिक टेलिशृंखला ‘सीता’को प्रसारण सुरु भएको छ । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रिमियम टेलिभिजनमा हरेक मंगलबार बेलुका ८ बजे प्रसारण हुन्छ । यो शृंखला आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट पनि स्ट्रिमिङ हुन्छ ।
गरिबीको पीडा, महिलामाथिको विभेद, शिक्षाबाट वञ्चित चेलीबेटीको अवस्था र अन्य सामाजिक समस्यालाई सिरियलमा प्रस्तुत गरिएको छ ।
यो शृंखला शीर्ष पात्र सीताको भूमिकामा सुनिशा बजगाईंले अभिनय गरेकी छन् । सिरियलमा बालकृष्ण ओली, राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको पनि मुख्य भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4