+
+

‘परदेशी २’को झ्याउरे गीत ‘छुकेछुके रेलैमा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १३:३९

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी-२’को नयाँ गीत सार्वजनिक भएको छ । ‘परदेशी छुकछुके रेलैमा’ बोलको झ्याउरे भाकाको गीतमा प्रकाश सपुत, केकी अधिकारी र प्रशान्त तामाङलाई चित्रण गरिएको छ ।

गीतमा निर्देशक रायमाझीसँगै तेजेन्द्र गुरुङ, टीका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंमले कोरेका हुन् । उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत दिएका छन् ।

नृत्य निर्देशन रामजी लामिछानेको छ । नेपाली विरलै देख्न पाइने झ्याउरे गीतमार्फत निर्देशकले दर्शकलाई नयाँ स्वाद दिने प्रयास गरेका छन् । दशैं छेको पारेर असोजको २६ गते फिल्म रिलिज हुँदैछ ।

राजेश वंशलको निर्माण रहेको फिल्ममा वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?