१० असोज, काठमाडौं । मित्रराष्ट्र ग्रिसको चलकिडा शहरमा हुने ३० औं एसकेडीयूएन वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन सोतोकान कराते डो संघको तीन सदस्यीय टोली ग्रिस प्रस्थान गरेको छ ।
ग्रिस प्रस्थान गर्ने टोलीमा संघका उपाध्यक्ष बद्रीबहादुर महत, टिम प्रशिक्षक एवं व्यवस्थापकमा राजु तामाङ्ग र खेलाडी चित्रबहादुर श्रेष्ठ छन् ।
चित्रले आफ्नो खेल पश्चात अन्य प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गर्ने संघका महासचिव गोविन्द श्रेष्ठले जानकारी गराए ।
टोलीलाई संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले अन्तराष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गरेका छन् ।
च्याम्पियनसिप असोज १० देखि १४ गते सम्म हुने छ ।
प्रतिक्रिया 4