+
+

‘भ्वाइस अफ नेपाल’ सिजन-५ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १७:१८

काठमाडौं । तपाईं ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को पर्खाइमा हुनुहुन्छ भने यो संस्करण निकै रोचक हुनेवाला छ । बुधबार नयाँ सिजनको प्रिमियर गरिएको छ जहाँ यो रियालिटी शोले उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्‍यो ।

आइएनआइको बानेश्वर हलमा आयोजित प्रिमियरमा शोसँग सम्बन्धित सेलिव्रिटीको उपस्थिती रह्यो । हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुषालदेखि कोचहरु उदय सोताङ र प्रमोद खरेल, अभिनेता निर्मल शर्मा, होस्ट सुशिल नेपाल, निर्देशक लक्ष्मण पौडेलसहित प्रिमियरमा सहभागि रहे ।

ब्लाइन्ड अडिसनको पहिलो एपिसोडलाई प्रिमियरमा प्रदर्शन गरियो । धरानका रिजेन लोहनीको दमदार रक प्रस्तुतिसँगै सुरु भएको एपिसोडमा अन्य ट्यालेन्टले पनि दर्शकलाई मन्त्रमुग्ध तुल्याए । नेपाल, भारत लगायतका विभिन्न स्थानबाट आएका प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रस्तुति दिएका छन् ।

ब्लाइन्ड अडिसनमा १२० प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् जसको छायांकन सम्पन्न भैसकेको छ । निर्देशक पौडेलले ब्लाइण्ड अडिसनमा पुगेका प्रतिभालाई अदभूत भएको प्रतिक्रिया दिए । त्यसपछि ब्याटल र नकआउट राउण्डहरु प्रस्तुत हुनेछन् । प्रिमियरमा शोका प्रायोेजकदेखि संचारकर्मीको उपस्थिती थियो ।

पाँचौ सिजनमा राजेशपायल राई, उदय सोताङ, प्रमोद खरेल र मिलन नेवार कोचको रुपमा छन् । प्रिमियर एपिसोड हेर्दा पाँचौ सिजनको सेट, ध्वनी, प्रकाशदेखि प्राविधिक पक्षमा निकै सुधार देखिन्छ ।

निर्देशक पौडेलका अनुसार पाँचौं संस्करणमा ‘ब्लक्ड’ नियम थपिएको छ । एउटा कोचले अर्को कोचलाई कमजोर बनाउन र आफूलाई बलियो देखाउन यो नियम थपिएको र यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेलले बताए । साथै, यसपटक नकआउट चरणमा नौ जना प्रतिस्पर्धीले सामूहिक रुपमा गायकी पस्किनेछन् ।

पाँचौं सिजनको टाइटल स्पोन्सरको रुपमा डावर रेड पेस्ट रहेको छ । द भ्वाइस अफ नेपालको सिजन ५ आगामी शुक्रबारदेखि हिमालय टिभी एचडीमा प्रसारण हुँदैछ । प्रत्येक शुक्रबार बेलुका ८ बजे शो प्रसारण हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?