+

दोस्रो हाफमा फर्कायो नेपालले गोल

२०८० असोज  १० गते १९:०९ २०८० असोज १० गते १९:०९
दोस्रो हाफमा फर्कायो नेपालले गोल

१० असोज, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारत विरुद्ध गोल फर्काएको छ ।

७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल गरेका हुन् । उनले दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेका हुन् ।

यसअघि भारतले  २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका हुन् ।

नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने भारत समूह बीको विजेता टिम हो ।

अहिलेको खेल जित्नेले फाइनलमा पाकिस्तानसँग खेल्ने छ ।

 

नेपाल भर्सेस भारत साफ यू-१९ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय