+
+

इटहरीमा विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १८:४८

१० असोज, विराटनगर । इटहरी उपमहानगरपालिकाले विद्यालय वरपर सुर्तीजन्य बस्तु र मादक पदार्थ बिक्री वितरण गरे कारवाही गर्ने बताएको छ ।

बुधबार बजार अनुगमन गरेको उपमहानगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारवाही गर्ने बताएको हो ।

इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले विद्यार्थीहरूलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका विद्यालय वरपर बिक्री गर्न रोक लगाइएको बताए ।

सुरुमा विद्यालय वरपर बिक्री नगर्न अनुरोध गरेको बताउँदै प्रमुख पौडेलले उपमहानगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइए कानूनी दायरामा ल्याइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?