
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृँगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्न विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौतासँगे महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकले धापाखेलको सुमेरू अस्पतालमा ओपीडी तथा आईपीडी सेवामा १० प्रतिशत र फार्मेसी सेवामा ५ प्रतिशत छुट पाउन सम्झौता गरेको हो ।
यस्तै भैरहवाको एशियन बुद्ध होटलमा १० देखि २० प्रतिशतसम्म छुट पाउने छन् ।
तनहुँको आँबुखैरेनीको मल्ल फेन्सीमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । हेटौंडाको रिसु ब्युटीपार्लरमा १० प्रतिशत र काठमाडौं बाँसबारीको ब्यूटीफुल कलेक्सनमा ५ देखि १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
उक्त सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4