
१० असोज, काठमाडौं । साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै अभियन्ता ईः ले मेयरको कार्यालय अगाडि उभिएर गरेको प्रदर्शन स्थगित हुने भएको छ ।
बुधबार राति ९ बजे राष्ट्रियसभा गृहबाहिर पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइने ईः ले बताए ।
प्रदर्शन स्थगनको घोषणा अघि ईः पक्षका केही अभियन्ता र काठमाडौं महानगरपालिकाका केही अधिकारीहरुबीच छलफल समेत चलिरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
काठमाडौंका मेयर बालेन शाहले बुधबार दिउँसो लामो स्ट्याटस लेख्दै अभियन्ता ईःका मागहरु पूरा गर्ने अधिकार आफूसँग नभएको बताएका थिए ।
मंगलबार दुवै पक्षका प्रतिनिधिबीच भएको वार्ता सहमति नजिक पुगेर पनि भाँडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4