
११ असोज, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार एक सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोएिको छ ।
बुधबार प्रतितोला एक लाख ११ हजार रुपैयाँमा छापावाल, एक लाख १० हजार ४५० रुपैयाँमा तेजावी सुन र १ हजार ३८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4