+
+

माइतीघर-बानेश्वर सडकमा शिक्षकहरुको नाचगान (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असोज ११ गते १४:०१

७ असोज, काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई बिहीबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आज पनि काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा नाँचगानसहित निधारमा कालो पट्टि बाँधेर विरोध गरेका छन् ।

उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको राहत शिक्षक केन्द्रीय समितिको आरोप छ ।

हेर्नुहोस् तस्वीर :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?