११ असोज, काठमाडौं । इंग्लिस क्लब न्यूक्यासलका प्रमुख प्रशिक्षक एडी होवेले कारबाओ कपमा पोहोर भन्दा पनि राम्रो प्रदर्शन गर्न आफूहरु उत्सुक रहेको बताएका छन् ।
ईएफएल कप समेत भनिने कारबाओ कपको यो सिजनमा होवेको टिम टिम म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै चौथो चरणमा पुगेको छ ।
‘खेलअघि हामीले पोहोरको सिजन सम्झेका थियौं,’ गत सिजन सम्झिँदै उनले स्काई स्पोर्टसँग भने, ‘जुन हाम्रा लागि प्रेरणा थियो, जसले हामीलाई सिजनभर मद्दद मिल्यो, भलै हामीले फाइनलमा हार्यौं ।’
न्यूक्यासल गत सिजन फाइनलमा म्यानचेस्टर युनाइटेडसित २-० ले पराजित भएको थियो चौथो चरणमा न्यूक्यासलले वल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडसँगै खेल्ने छ ।
प्रतिक्रिया 4