+

नविन उल हकले २४ वर्षमै एकदिवसीय क्रिकेटबाट लिए सन्यास

२०८० असोज  ११ गते १५:२० २०८० असोज ११ गते १५:२०
नविन उल हकले २४ वर्षमै एकदिवसीय क्रिकेटबाट लिए सन्यास

११ असोज, काठमाडौं । अफगानी क्रिकेटर नविन उल हकले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

२४ वर्षिय उनी भारतमा हुने एकदिवसीय विश्वकप टोलीमा छन् । उनले विश्वकप आफ्ना लागि अन्तिम एकदिवसीय खेल हुने बताएका हुन् ।

‘मेरो लागि मेरो देशको प्रतिनिधित्व गर्न पाउनु निकै गर्वको कुरा हो । तर मेरो खेल करिअर लामो बनाउन मैले एकदिवसीय क्रिकेटबाट सन्यास लिँदैछु । म यो निलो जर्सी टी–२० फम्र्याटका लागि भने लगाउनेछु’, उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा यो क्याप्सनसहित अफगानस्तानको जर्सीमा एक फोटो सार्वजनिक गरेका छन् ।

सन् २०१६ मा मिरपुरमा बंगलादेशविरुद्ध ओडीआईमा डेब्यू गरेका उल हकले ७ एकदिवसीय खेलमा १४ विकेट लिएका छन् ।

उनले २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३४ विकेट लिएका छन् ।

गत सिजनको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नविनले लखनऊ सुपर जायन्ट्सबाट खेलेका थिए ।

टी–२० टोलीमा नियमित जस्तै रहेका उनले अफगानिस्तानको एकदिवसीय टिममा भने कम मौकापाउने गरेका थिए ।

२०२१ यता कुनै पनि ओडीआई नखेलेका उनलाई अफगानिस्तानले विश्वकप टोलीमा भने बोलाएको छ ।

विश्वकपअघि अफगानिस्तानले दक्षिण अफ्रिका र श्रीलंकासँग अभ्यास खेल खेल्नेछ ।

अफगानिस्तान क्रिकेट विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय