
११ असोज, गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी करिडोरमा ठूलो चट्टान सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
करिडोरको रिडी रुद्धवेनी सडकखण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ विष्णुपञ्चरमा बुधबार राति सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक खुलाउनका लागि हेभी इक्युमेन्टका डोजरहरु प्रयोग गरिएको छ । करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन र यात्रु अलपत्र परेका छन् ।
रिडी, रुद्धवेनी हर्मिचौर सडक खण्डको सडक कालोपत्रे गर्नका लागि शर्मा सगुन जेभीले काम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4