+
+

एमालेकाे कोशी अधिवेशन आज, अध्यक्षमा सहमति खाेज्ने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते ८:४९
कोशी प्रदेश अध्यक्षका दाबेदार एमाले नेताहरु घनश्याम खतिवडा (बायाँ) र विनोद ढकाल ।

१२ असोज, विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

यसअघि मोरङको विराट चोकमा गर्ने तयारी भएपनि पहिचान पक्षधरले अवरोध गर्न सक्ने भएका कारण विराटनगरमा सारिएको हो ।

दुई दिनसम्म चल्ने पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार छन् ।

अध्यक्षका अर्का दोबदार वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने पछि हटेका छन् । वर्तमान उपाध्यक्ष टीकाराम चेम्जोङले पनि दाबी छाडेका छैनन् । तर उनी पुन: उपाध्यक्षमा नै दाेहाेरिने सम्भावना छ ।

बिहीबार प्रदेश कमिटीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा एमाले सचिव रघुवीर महासेठले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका थिए । नभए चुनाव हुने उनकाे भनाइ छ ।

केन्द्रबाट महासेठले खतिवडाकाे पक्षकाे लाइन लिएर आएका छन् । उनीसहित प्रदेशका केन्द्रीय नेताहरु ढकालकाे विपक्षमा छन् ।

एमाले नेताहरुका अनुसार अध्यक्ष केपी शर्मा ओलीले घनश्याम खतिवडाको नाममा सहमति जुटाउन भनेका छन् । तर दुई कार्यकाल माेरङकाे अध्यक्ष बनेका विनोद ढकालले दाबी छाडेका छैनन् । ढकालले पार्टी भित्रको लोकतन्त्रका लागि निर्वाचन गर्नुपर्ने अडानमा छन् । ढकालले दाबी छाडेकाे अवस्थामा भने सर्वसम्मत नेतृत्व चयन हुने प्रदेश कमिटी स्राेतले बताएकाे छ ।

नेताहरुका अनुसार गृह प्रदेश भएका कारण अध्यक्ष ओलीले कोशीमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गराउने पक्षमा छन् । यसअघि उनले बागमतीमा र लुम्बिनीमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर लुम्बिनीमा निर्वाचनबाट नेतृत्व चयन गरियो भने बागमतीमा शुक्रबार मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?