१२ असोज, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि अनन्त तामाङ ललितपुर सिटी एफसीका मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।
डेढ महिना अघि नै मार्की खेलाडीको रुपमा सार्वजनिक भएका विमल घर्तीमगर अष्ट्रेलिया पलायन भएपछि उनको स्थानमा अनन्तलाई अनुबन्ध गरिएको हो ।
राष्ट्रिय टिमका पहिलो रोजाइका डिफेन्डर अनन्त यस सिजनको ए डिभिजन लिग च्याम्पियन कप्तान हुन् । ए डिभिजन लिगको पहिलो संस्करणमै च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडको कप्तान अनन्त थिए ।
प्रतिक्रिया 4