+
+
फ्राइडे रिलिज :

हलमा लागे चन्द्रमुखी-२, द क्रिएटर, फुक्रे-३ र स एक्स

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १२:०१

काठमाडौं । नेपाली फिल्मको व्यापार पुनः सुस्ताएको सप्ताहन्त चार विदेशी फिल्म रिलिज भएका छन् । बलिउडको ‘चन्द्रमुखी २’ र ‘फुक्रे ३’, हलिउडको ‘द क्रिएटर’ र ‘स एक्स’ प्रदर्शनमा आएका छन् ।

नयाँ नेपाली फिल्म रिलिज नभएको यो सप्ताहन्त विदेशी फिल्मको पुनः दबदबा देखिएको छ । दयाहाङ राई स्टारर ‘नांगो गाउँ’ र विपिन कार्की स्टारर ‘एक भागवत र एक गीता’ तेस्रो सातामा प्रदर्शन सुरु भएको छेकोमा विदेशी फिल्म रिलिज भएका हुन् ।

कंगना रनावत स्टारर हरर, कमेडी ड्रामा बिहीबार नै नेपालमा रिलिज भएको थियो । यो फिल्मको लम्बाइ १५७ मिनेट तय छ । यो फिल्म डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डरबाट पीडित महिलाको वरिपरि घुम्छ, जसले उनको परिवारलाई असर गर्छ र एक मनोचिकित्सक जसले आफ्नो जीवनलाई खतरामा राखेर केस समाधान गर्ने योजना बनाउँछ ।

मृगदीप सिंह लाम्बा निर्देशित ‘फुक्रे ३’ लाई कमेडी ड्रामा जनरामा राखिएको छ । अल फजल, पंकज त्रिपाठी र फरहान अख्तरको अभिनय रहेको यो फिल्म एक विनाशकारी र हास्यास्पद परिस्थितिको सामना गर्ने साथीहरुको कथा पेश गर्छ । यो फिल्मको लम्बाइ १५० मिनेट छ ।

नेपालमा समेत केही भाग छायांकन गरिएको हलिउड फिल्म ‘द क्रिएटर’ पनि रिलिज भएको छ । कृत्रिम बौद्धिकता र मानवीयताबीचको लडाइँको कथा पेश गर्ने यो फिल्मलाई ब्लकबस्टर हलिउड फिल्म ‘रग वन’ निर्देशक गेरेथ एडवार्ड्सले निर्देशन गरेका हुन् ।

शुक्रबार नै एडल्ट प्रमाणपत्र प्राप्त अंग्रेजी भाषाको फिल्म ‘स एक्स’ पनि रिलिज भएको छ । हरर थ्रिलर जनरामा राखिएको यो फिल्मको लम्बाइ १२० मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?