+
+

‘नबिल ब्यालेन्स फण्ड २’ ले ९.६ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १२:१९

१२ असोज, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तगर्त सञ्चालित ‘नबिल ब्यालेन्स फण्ड २’ ले इकाइधनीलाई ९.६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

नबिल बैंक कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंक योजना व्यवस्थापक रहेको उक्त सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इकाइधनीलाई उक्त प्रतिफल प्रस्ताव गरेको हो ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको ११ असोजको सञ्चालक समिति बैंकले उक्त प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रतिफल वितरणका लागि २६ असोजमा योजनको इकाइधनी दर्ता किताब बन्द गर्ने निर्णय भएको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?