+

एसियाडको बक्सिङमा चन्द्रकला पराजित

२०८० असोज  १२ गते १४:०७ २०८० असोज १२ गते १४:०७
एसियाडको बक्सिङमा चन्द्रकला पराजित

१२ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत बक्सिङमा नेपालकी चन्द्रकला थापा शुक्रबार पहिलो चरणमै पराजित भएकी छन् ।

हान्झाउ जिम्नयासियममा भएको महिला ५७ केजीमुनी तौल समूहको अन्तिम १६ को खेलमा चन्द्रकला पोर्नतिप बुपासँग ५-० ले पराजित भइन् ।

१९औं एसियाडमा पदक जित्ने सबैभन्दा बढी अपेक्षासहित प्राथमिकतामा रहेको बक्सिङले निराशाजनक प्रदर्शन निरन्तरता दिएको छ । जसले गर्दा नेपालले बक्सिङबाट पदक जित्ने सम्भावना न्युन छ ।

पदकको अपेक्षा गरिएको सुष्मा तामाङसहित अहिलेसम्म नेपालका १२ खेलाडी पराजित भइसकेका छन् । त्यसमध्ये रविन थापाले एक बाट जितेपनि अर्को खेलमा पराजित भए ।

अब बक्सिङमा नेपालका सरस्वती राना मगरले शनिबार महिला ७५ केजीमुनी तौल समूहमा क्वाटरफाइनलमा दिएम क्युन लुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

एसियाली खेलकुद चन्द्रकला थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय