
१२ असोज, काठमाडौं। काठमाडौंमा शुक्रबार पनि डाक्टरहरूले प्रदर्शन गरेका छन् । कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् ।
डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्म अएर सडकमै बसेर प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन् सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’का नारा उनीहरूले सडकमै लगाएका छन् ।
अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।
हेर्नुस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4