
१२ असोज, काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरेको एक जना शिक्षकविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक महेश शाहविरूद्ध नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल ऐण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाण-पत्र झुट्टा भएको प्रमाणित भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा १६को उपदफा १ बमोजिम सजाय हुने मागदाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4