१२ असोज, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलमा राष्ट्रिय टिमका गोलरक्षक दीप कार्की वीरगञ्ज युनाइटेड एफसीको मार्की खेलाडीको रुपमा अनुबन्धित भएका छन् ।
कार्की ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबका गोलरक्षक रहेका थिए । यसै संस्करणको ए डिभिजन लिगमा दिपले २४ खेलमा ८ क्लिन सिट राखेका थिए ।
उनले राष्ट्रिय टिममा भने खासै मौका पाएका छैनन् । उनी नेपालका लागि वैकल्पिक गोलरक्षकको रुपमा रहेका छन् ।
प्रतिक्रिया 4