+
+

दुर्गा, साईराज र अनुजाको गीत ‘मनको धनी’मा अन्तरधार्मिक प्रेमको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १७:१७

काठमाडौं । प्रेमलाई जात र धर्मको बन्धनले छेक्दैन भन्ने भाव समेटिएको गीत ‘मनको धनी’ सार्वजनिक भएको छ । गीतमा दुर्गा खरेल, साईराज खाती र अनुजा कडरियाको स्वर छ । शब्द तथा संगीत अर्जुन पोखरेलको छ भने एरेन्ज अविनाश पासवानले गरेका छन् ।

गीतको भिडियोमा जात र धर्मभन्दा मानवता ठूलो भन्ने सन्देश प्रस्तुत गरिएको छ । अर्जुन पोखरेलले नै निर्देशन गरेको भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्य फिचर्ड छन् । भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको छ ।

गीत डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?