+
+

प्रकाश सपुतको गृहजिल्ला बागलुङमा ‘परदेशी २’ को प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १७:४१

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’ को शुक्रबार प्रिमियर गरिएको छ । अभिनेता तथा गायक सपुतको गृहजिल्ला बागलुङस्थित बीएसआर मुभिजमा फिल्म प्रिमियर गरिएको हो ।

निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश र केकीसहित सञ्चारकर्मीको उपस्थितिमा फिल्मको प्रथम प्रदर्शनी गरियो ।

प्रिमियरअघि ‘परदेशी २’ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का लगायतका जनप्रतिनिधिले पुष्पगुच्छाले स्वागत गरे । प्रिमियरमा सहभागी हुन काठमाडौंबाट फिल्मको कास्ट एण्ड क्रिउसहित सञ्चारकर्मीको टोली बागलुङ पुगेको छ ।

प्रिमियरमा सहभागी मेयर श्रेष्ठले बागलुङमा फिल्मको प्रिमियर आयोजना हुनुले नगरको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले बागलुङ नगरलाई फिल्म छायांकनको गन्तव्यस्थल बनाउन नगरपालिकाले काम गर्ने बताए ।

वैदेशिक रोजगारीको आयाम प्रस्तुत गर्ने यो फिल्म असोज २६ गते रिलिज हुँदैछ । फिल्म गायक समेत रहेका सपुतको डेब्यु पनि भएकाले दर्शकमाझ पर्खाइ छ ।

तस्वीर सौजन्य : गोपकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?