१२ असोज, काठमाडौं । अन्तर नगरपालिका राष्ट्रिय क्रशकन्ट्री दौडको सम्पूर्ण तयारी पूरा भएको छ ।
एथलेटिक्स परिवार नेपालको आयोजना र चन्द्रागिरि नगरपालिकाको सह–आयोजनामा काठमाडौंको चन्द्रागिरिमा शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।
देशभरका नगरपालिकालाई एथलेटिक्स खेलसँग जोड्ने उद्देश्यले सुरुआत गरिएको प्रतियोगिताको पहिलो संस्करणमा ३५ वटा नगरपालिकाबाट २ सय ५३ जना खेलाडीले नामदर्ता गराएका छन् ।
शनिबार बिहान ९ बजे चन्द्रागिरि नगरपालिका परिसरमा प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ ।
प्रतियोगितामासिनियर पूरुष र महिलातर्पm १० किमि दौड एवम् जुनियर महिला र पुरुषतर्फ ५ किमि दौड सहित ४ इभेन्टमा व्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीहरुलाई प्रतिस्पर्धा गराइने छ ।
प्रतिक्रिया 4