
१२ असोज, सोलुखुम्बु । सगरमाथाको प्रमुख प्रवेशद्वार लुक्ला बजारमा पहिलो पटक अनुगमन भएको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ मा रहेको लुक्ला बजारमा रहेका होटल, खाजा घर, बेकरी क्याफे, किराना पसल, स्नोकर हाउस अनुगमन गरिएको सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बुका कार्यलय प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिइन् ।
लुक्ला बजार सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बुका कार्यलय प्रमुख सुजन कुमारी बर्देवाको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।
अनुगमनमा सीमा प्रशासन कार्यालय, नाम्चे, इलाका प्रहरी कार्यलय नाम्चे, खुम्बु पासाङल्हामु गाउँपालिका, टोल विकास संस्था, महिला समिति, कर दाता सेवा कार्यलय लुक्ला लगायत नागरिक अगुवाको सहभागिता रहेको थियो ।
अनुगमन टोलीलले ३१ वटा होटल र २९ वटा खाद्य पसलहरुको अनुमगन गरिएको थियो । अनुगमनमा व्यवसाय दर्ता नवीकरण, मूल्य सूची राखे नराखेको, अखाद्यवस्तुहरुको विक्री वितरण, सीसीटीभी क्यामरा जडानलगायत अनुगमन गरिएको हो ।
होटल तथा रेष्टुरेन्टको सरसफाइको अबस्था, होटलको क्षमता, कामदारको संख्या, पर्यटकहरुको अभिलेखीकरण भए/नभएको अनुगमन गरिएको अनुगमन टोली संयोजक बर्देवाले बताइन् ।
त्यस्तै होटलमा बालबालिका कामदारका रुपमा राखेनराखेको बारेमा समेत अनुगमन गरिएको उनले बताइन् । अनुगमनका क्रममा ६ लाख ८९ हजार १ सय ३५ बराबरको अखाद्य बस्तु बरामत गरेर नष्ट गरिएको अनुगमन टोलीले बताएको छ ।
पहिलो पटक अनुगमन बजार अनुगमन हुँदा स्थानीय तथा व्यापारीहरु निकै खुशी भएका छन् । २० वर्षदेखि लुक्ला बजारमा व्यापार गर्दै एक व्यापारीले भने अहिलेसम्म बजार अनुगमन नभएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4