+
+

सल्यानमा जीप दुर्घटना हुँदा १६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १९:५२

१२ असोज, दाङ । सल्यानमा जीप दुर्घटना हुदा १६ जना घाइते भएका छन् ।

शारदा नगरपालिका- १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका- ५ तिर्पोलेको भित्री कच्ची सडकखण्डमा शुक्रबार दुर्घटनामा परेको हो ।

जीप सडकबाट खस्दा जीपमा सवार १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए  ।

घाइतेलाई उपचारका लागि श्रीनगरतर्फ पठाइएको उनले बताए ।  दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?