+
+

एमाले कर्णालीको नेतृत्व चयन गर्न आज मतदान, अध्यक्षमा ५ जनाले प्रतिस्पर्धा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १३ गते ९:४५

१३ असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरु हुने निर्वाचन मण्डलले जनाएको छ ।

प्रदेशको अध्यक्षका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य गोरख बोगटीे समूहबाट कालीकोटका मिनबहादुर शाहीले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

यस्तै कर्णालीका पूर्वसभामुख दैलेखका राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका पाँच उम्मेदवारमध्ये तीन जना कालीकोट जिल्ला हुन् । मीनबहादुर शाहीविरुद्ध उनकै जिल्लाका पुराना नेता प्रेमबहादुर सिंह र प्रकाश रोकाया मैदानमा उत्रिएका हुन् । यी दुई नेताको कुनै पनि प्यानल भने छैन् ।

त्यस्तै उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ । सचिवमा सुर्खेतका धुर्वकुमार शाही र दैलेखका रुऽ शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा उम्मेद्वारी दिएका सुर्खेतका डण्डी शर्माले भने उम्मेदवारी फिर्ता लिएका छन् । उनले रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

धुव्र शाही यसअघिसम्म अध्यक्षका दाबेदार थिए । तर, गुलावजं शाह उम्मेदवार बनेपछि उनी उक्त टिमबाट सचिवको उम्मेदवार बनेका हुन् ।

उपसचिव खुलामा नारायणकुमार शाह, रविन्ऽराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्ऽराज गिरी, तेजकुमार विकले उम्मेदवारी दिएका छन् । उपसचिव समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी दिएका छन् ।

लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ ।

अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचवि शंकर पोखरेलले कर्णालीको अध्यक्ष सर्वसम्मत टुंग्याउन निर्देशन दिएका थिए । तर सहमति नभएपछि निर्वाचनबाटै प्रदेश कमिटी चयन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?