+

एसियाडमा ह्यान्डबलका सबै प्रतिस्पर्धामा नेपाल पराजित

२०८० असोज  १३ गते १७:२८ २०८० असोज १३ गते १७:२८
एसियाडमा ह्यान्डबलका सबै प्रतिस्पर्धामा नेपाल पराजित

१३ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सबै खेलमा पराजित भएको छ ।

भारतसँग समूहको अन्तिम खेलमा पराजित भएपछि नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह बी को चौथो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्‍यो ।

नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे । यसअघि नेपाल चीनसंग ५७–१० ले, जापानसंग ६२–१० ले र हङकङसँग २७-१८ ले पराजित भएको थियो ।

भारोत्तोलन

१९औं एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिएकी छन् ।

एक्सएससी जिम्न्याजिममा भएको समूह ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन् ।

स्न्याचमा टीकाले पहिलो र दोस्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेपनि सफल भइन् । क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोस्रो लिफ्टमा ८६ केजी तौल उठाइन् । क्लिन एन्ड जर्कको आफ्नो तेस्रो लिफ्टमा टीकाले ९० केजी तौल उचाल्ने प्रयास गरेकी थिइन् । टीका ९० केजी तौल उठाउन असफल रहिन् ।

ट्रायथलन

ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेबी महर्जन १७ औं भएकी छन् । २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, युएइ, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् ।

श्रेबीले १ हजार ५ सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको रेस २ घण्टा २५ मिनेट र १३ सेकेन्डमा पूरा गरिन् । ट्रायथलनमा नेपालबाट २ पुरुष र २ महिला गरी ४ खेलाडी सहभागी छन् ।

महिला व्यक्तिगतमा जापानकी युको ताकाहासीले स्वर्ण, चीनकी चिन्यु लिनले रजत र चीनकै यिफान याङले कांस्य जिते ।

एसियन गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय