+
+

गुल्मीमा कात्तिक १५ देखि महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १३ गते १८:२९

१३ असोज, गुल्मी । गुल्मीमा कात्तिक १५ देखि २५ सम्म महोत्सव हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–९ तम्घासमा गुल्मी उद्योग संघले महोत्सव आयोजना गरेको हो ।

दशैं र तिहारको बीचमा हुने महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अनुमान रहेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।

महोत्सवमा कृषि र पशुपालन क्षेत्रको प्रचार, पर्यटन प्रवद्र्धन, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप गरिने आयोजक गुल्मी उद्योग संघले जनाएको छ ।

महोत्सवको नारा ‘उद्योग, कृषि र पर्यटनमा उनिएको थुंगा, समुन्नत गुल्मीका लागि जाउँ हिँड रेसुङ्गा’ तय गरिएको छ । संघले अध्यक्ष भुसालको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर तयारी तिव्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?