+
+

सुन तस्करी छानबिन आयोगको कार्यादेशमा जुट्यो सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते ११:५४

१४ असोज, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनाइने जाँचबुझ आयोगको कार्यादेशमा दलहरुबीच सहमति जुटेको छ । आजै आयोग बन्ने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलका शीर्ष नेताहरुको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोगलाई भेप, ब्रेक सुमा लगाएर ल्याएको सुनलगायत पटकपटक भएको सुन तस्करीबारे भएको छानबिनको अध्ययन गर्ने र तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र यसमा संलग्न व्यक्तिका सन्दर्भमा थप छानबिन कार्यादेश दिने सहमति जुटेको हो ।

भेप र ब्रेक शुमा लगाएर ल्याएको सुनलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपछि ६ भदौमा जाँचबुझ आयोग बनाउने सहमति भएको थियो ।

त्यसबेला ब्रेक शुमा लुकाएर भएको सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान सकिए लगतै ५ असोजमा आयोग बनाउने सहमति भएको थियो । तर ५ असोजमा आयोगको कार्यादेशमा सहमति जुट्न सकेन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किएको भोलिपल्ट एमाले नेताहरुसँग छलफल गरेका थिए । छलफलका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र एमाले संसदीय दलका सचेतक महेश बर्तौला बालुवाटार पुगेका थिए कांग्रेस उपसभापति समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको पनि सहभागिता थियो ।

एमाले नेतृत्वसँग भएको छलफल सकारात्मक भएपछि प्रधानमन्त्री प्रच्ण्डले राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठक बोलाए, जसले आयोगको कार्यादेश टुंगो लगाएको छ ।

मन्त्रिपरिषद्को आजै बस्ने बैठकले उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?