
१४ असोज, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखसहित ३० जना नगर प्रहरी थप्ने भएको छ ।
महानगरले एक जना नगर प्रहरी नायब उपरीक्षक, १ जना नगर प्रहरी नायब निरीक्षक (सई), ३ जना नगर प्रहरी सहायक निरीक्षक (असई) र २५ जना नगर प्रहरी जवानको माग गरेको हो ।
अहिले भरतपुर महानगरपालिकामा ४७ जना नगर प्रहरीहरु कार्यरत छन् । प्रहरी निरिक्षकको कमाण्डमा रहेको नगर प्रहरी अब डिएसपीको कमाण्डमा ७७ जना हुनेछन् ।
‘हामीले नगर प्रहरीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन अनुसार नै सञ्चालन गरिरहेका छौं । अब नयाँ थप जिम्मेवारी सहित रिक्त दरबन्दी परिपूर्ति गर्न विज्ञापन खोलेका हौं,’ भरतपुर महानगरका सामान्य प्रशासन उपसचिव गणेश नेपालीले भने । नेपालीका अनुसार भरतपुरमा छानिने डिएसपी अब नगर प्रहरी प्रमुख हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4