
काठमाडौं । अन्नु चौधरी पछिल्लो छिमलकी लोकप्रिय गायिका हुन् । अन्नुको स्वर जति सुमधुर छ, उनको स्वभाव पनि उत्तिकै ‘इन्नोसेन्ट’ लाग्छ । आफ्नै मातृभाषा थारु भाषाका गीत गाएर सांगीतिक क्षेत्रमा हामफालेकी उनी ‘लजालु मायालु’ गीतबाट चर्चामा आइन् । त्यसयता थुप्रै गीतमा आफ्नो आवाज भरिसकेकी अन्नुका ए हो र माया, तिमीलाई हेर्ने बानी, आहा कति राम्रीलगायत गीत निकै रुचाइएका छन् ।
संगीतमा भविष्य देखेकी अन्नु अझै राम्रा राम्रा गीतमा आफ्नो आवाज भरिरहन पाऊँ भन्ने चाहन्छिन् । उनलाई लाग्छ, अहिले आफ्नो सांगीतिक करिअरले जुन गति लिएको छ भविष्यमा यो भन्दा पनि राम्रो समय आउनेछ ।
अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आइपुगेकी अन्नुले आफ्नो हँसिलो र ‘इन्नोसेन्ट’ भावभंगीमामा फोटोसुट समेत गराइन्, जसलाई फोटो पत्रकार शंकर गिरीले क्यामेरामा यसरी कैद गरे ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4