+
+

मौसम खराबीले एमाले गण्डकी अधिवेशनमा ओली सहभागी भएनन्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १५:५०

१५ असोज, पोखरा । आजदेखि पोखरा अमरसिंहमा सुरु भएको नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।

मौसम खराबीका कारण समयमै उडान हुन नभएपछि अध्यक्ष ओली पोखरा नआएका हुन् ।

ओली नआएपछि महासचिव शंकर पोखरेलले अधिवेशनको सम्बोधन गरेका छन् । पोखरा आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आए पनि समयमै उडान नभएपछि अध्यक्ष ओली फर्किएको पोखरेलले बताए ।

अध्यक्ष तथा महासचिवसहितलाई कुरेर कार्यक्रम निर्धारित समयभन्दा १ घन्टा ढिलो सुरु भएको थियो ।

त्यसपछि पनि मञ्चमा बसेका सबैको बोल्ने पालो सकिएपछि महासचिव पोखरेललाई कुर्दै सांगीतिक कार्यक्रम राखिएको थियो ।

त्यसक्रममा झाँकी देखाउन आएका विभिन्न जातजातिका मौलिक गीत तथा नृत्य देखाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?