
१५ असोज, विराटनगर । नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि भएको निर्वाचनमा घनश्याम खतिवडाले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार खतिवडाले २० मतको अग्रता लिएका हुन् ।
खतिवडाले १४१ मत पाएका छन् । अर्का उम्मेदवार विनोद ढकालले १२१ मत पाएका छन् ।
मतपत्र ११ पेज लामो भएका कारण गणनामा ढिलो भइरहेको छ ।२१५ सदस्यीय प्रदेश कमिटीमा अध्यक्षसहित १६६ पदका लागि निर्वाचन भएको थियो । उपाध्यक्षसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए ।
आइतबार राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4