
१५ असोज, काठमाडौं । नेकपा एमालेका प्रदेश सांसदहरुले सोमबार बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । त्यसक्रममा एमाले प्रदेशसभा सदस्यहरु र मर्यादापालकहरुबीच धकेलाधकेल समेत भएको थियो ।
सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित प्रदेशस्तरीय चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्न बनेको विधेयक फर्ता पठाएको सूचना पेश गरेपछि एमाले सांसदहरुले विरोध गरे ।
मन्त्री सिंहले प्रदेश प्रमुखको सूचना पढ्न थालेपछि एमाले प्रदेशसभा सदस्यहरु उभिए । सभामुखले बैठक नरोकेपछि रोष्टममा उक्लिन भन्दै एमालेका केही प्रदेशसभा सदस्यले मर्यादापालकलाई धकेलाधकेल गरेका थिए ।
एमाले सांसदहरु रोष्टममै उक्लिन खोजेपछि सभामुख भुवन पाठकले अर्थमन्त्रीलाई रोके र बैठक १५ मिनेटलाई स्थगित गरे । त्यसपछि बैठक नै बसेन र सूचना टाँसेर भोलि १६ गते २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
एमाले संसदीय दलका नेता जनन्नाथ थपलिया अहिलेको प्राथमिकता यो नभएकाले विरोध गरेको बताउँछन् । कुनै पनि विधेयक आउँदा सांसदहरुलाई ५ दिन पहिला सूचना दिनुपर्ने भन्दै उनले भने, ‘एक्कासी बैठक राखेर यो मात्र एजेण्डा ल्याइयो । यसलाई जनताले मन पराएका छैनन् ।’
प्रतिक्रिया 4